मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर — OSNepal

मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्क्ता दीपकराज जोशीले मेयर साह विरुद्ध अदालतको अवहेलना भएको भन्दै दायर गरेको रिट उपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुनुवाइ गर्ने भएको छ ।

मेयर साहहे केहि दिन अगाडी नर्भिक अस्पतालको अनधिकृत संरचना नभत्काउन सर्वोच्चले अन्तर कालीन आदेश दिएपछि अदालतको व्यंग्य गर्दै अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ भनी अदातलको फैसला आउँदा आफु बुढो हुने भन्दै आफ्नै बुढो भएको फोटो बनाएर सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

उक्त मुद्दाको सुनुवाइको आदेश भने आउँन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर