काठमाडौं १३ भदौ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओली सबैभन्दा मूल्यवान सम्पत्ति भएको दावी गरेका छन् ।
सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष ओलीमा मात्रै रहेको भन्दै ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा एमालेले उभ्याएको जानकारी गराए ।
७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले काम नगरेको दावी गरेका उनले ओलीलाई विकास र निर्माणको संवाहक मानिने बताए ।
राष्ट्रियता र राष्ट्रवादमा ओली जत्तिको अरु कोही नउभिएको बताएका उनले वर्षैंअघिदेखिको सीमा विवाद होस्या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा समेत ओली सफल रहेको जिकिर गरे ।
उनले कम्युनिष्ट आन्दोलनका निर्माता समेत ओली भएको भन्दै झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको बताए ।