काठमाडौं १३ भदौ । काठमाडौं महानगरपालिकाको टोली बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियान स्वरुप महानगरको टोली वसन्तपुर पुगेको हो ।
यस भन्दा अघि न्युरोडमा रहेका सुरज आर्केड रहेको बेसमेन्ट खाली गर्न भन्दै महानगरको टोली त्यहाँ पुगेको थियो । आज बिहानैबाट महानगरको टोली मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न भन्दै निर्देशन दिइरहेको छ ।
महानगरको निर्देशन पछि सुरज अर्केट सहित चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ । अबको केहि बेरमा भने महानगरको टोली पिनट्स भवनमा पुगी त्यहाँ बेसमेन्टमा रहेको पसल हटाउने भएको छ ।