काठमाडौं १३ भदौ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
अहिले ११ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।
साथै बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने भएका छन् ।
त्यसैगरी , सभामुख सापकोटाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने संभावि समेत रहेको छ ।