फेरि थुनियो मर्स्याङ्दी, चामेबजार जाने ठूलो पुल जोखिममा — OSNepal

फेरि थुनियो मर्स्याङ्दी, चामेबजार जाने ठूलो पुल जोखिममा

LC (KTM) June 23, 2021 0

मनाङ-मनाङको चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ ।मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको छ । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको बताइएको छ ।मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । थुनियो सँगै स्वानिय त्रसित बनेका छन् । गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर