काठमाडौं १२ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि गर्न नेपाल बार एशोसिएसनले ३४ बुँदे पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।
महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धि कागजात, विवरण, जानकारीलगायतको प्रमाण बारले समितिलाई बुझाएको हो ।
बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’
समितिले भदौ १२ गते सम्म जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण पेश गर्न निर्देशन दिएको थियो जवरालाई बयान लागि भदौ १५ गते बोलाइएको छ ।