काठमाडौं १२ भदौ । सुन्धारास्थित कर्मचारी सञ्चय कोषको काठमाडौं मलको भवन नक्सा पास नै नगरी निमार्ण गरिएको पाइएको छ ।
‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको हो । यस विषयमा आज आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफल छ ।
छलफलका क्रममा नगर प्रहरीका उपरीक्षक राजु पाण्डेले कोषले पार्किङका लागि भवन खुला दुई पक्षबीच सहमत भएको बताए । दुई तला पार्किङ खुला गर्ने र त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिको लागि प्रक्रिया थाल्ने समेत दुई पक्षबिच सहमति भएको छ ।
छलफलका क्रममा मलले २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा निवेदन दिएको खुलन आएको छ ।
अब सो निवेदनका आधारमा जरिवाना तिरेर नक्सा पास र भवन निर्माण इजजात लिने कुरा भएको बताइएको छ । तथापी, उक्त निवेदन उपर पनि कुनै कारबाही नभएपछि महनगरपालिकामा पेन्डिङमै रहेको थियो ।