मेयर साहको प्रस्ताव : काठमाडौंको ३२ वटै वडामा एमडीजीपी डाक्टर , नर्स र इन्जिनियर राखौं — OSNepal

मेयर साहको प्रस्ताव : काठमाडौंको ३२ वटै वडामा एमडीजीपी डाक्टर , नर्स र इन्जिनियर राखौं

LC (KTM) August 28, 2022 0

काठमाडौं १२ भदौ । काठमाडौं महानगर पालिकाका मेयर बालेन साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आज आइतबार बसेको नगर कार्यपालिका बैठकमा मेयर साहले यस्तो प्रस्ताव गरेका हुन् ।

३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी, उनले वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि बैठकमा गरेका छन् ।

वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने भन्दै मेयर साहले बैठकमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर