काठमाडौं १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले सिट बाँडफाँटको विषयमा आफुले भनेकै जस्तो मात्र हुने गरी सोचिरहे माओवादीको अर्को पनि विकल्प रहेको बताएका छन् ।
कांग्रेसले जायद्यीविधि गरिरहे माओवादीसँग वाममोर्चाको पनि विकल्प रहेको भन्दै कांग्रेसलाई आफ्नो अडान छाड्न सांकेतिक रुपमा चेतावनी दिएका छन् ।
कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चा बनाएर चुनावमा जाने आफ्नो विकल्प रहेको बताएका प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै भने , ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ । कांग्रेसले सिट बाँडफाँटमा ज्यादिबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौं’।
पार्टीको चुनावी तयारी अभियानका क्रममा आइतबार ललितपुरको सानेपाको सिद्दार्थ कटेजमा बसेको बागमति प्रदेशभित्रका केन्द्रीय सदस्य तथा बागमति प्रदेश पदाधिकारीको बैठकलाई सम्वोधन गदैं अध्यक्ष प्रचण्डले कांग्रेसलाई बखेडा नगर्न सुझाव दिए ।