काठमाडौं १२ भदौ । राष्ट्रिय सभा बैठकले नागरिकता विधेयक माथी छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
राष्ट्रपतिबाट १५ बुँदे सन्देशसहित संसदमै फिर्ता पठाएको विधेयकलाई प्रतिनिधि सभाको बैठकले जस्ताको तस्तै पारित भएपनि राष्ट्रिय सभाको आइतबार बसेको बैठकले टेबल भएको विधयकमा विधेयकमाथी छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको हो ।
उक्त समितिको बैठक भोली सोमबार नै बस्ने भएको छ ।
समितिको सभापतिको भूमिका रहेका नारायणदत्त मिश्रले बैठक भोली बस्ने समितिमा १५ जना सदस्य रहेको बताए ।
‘सबै सदस्यहरूले छलफलमा भाग लिनुहुन्छ । बरु बैठक लामो जान सक्छ । तर, १६ गतेकै बैठकमा प्रतिवेदन पेस हुन्छ ।’ उनले भने । उक्त समितिमा १५ जना मध्ये एमालेका ३ र राष्ट्रपतिबाट मनोनित भएका डा विमला राई रहेका छन् । भने बाँकी सबै गठवन्धनका सदस्य रहेका छन् ।
समितिमा माओवादी केन्द्रका ४, कांग्रेसका ३, एमालेका ३, एकीकृत समाजवादीका २, जसपाका १, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका डा विमला राइृ पौडेल र एकीकृत समाजवादीसँग निकट रहेका स्वतन्त्र सांसद डा खिमलाल देवकोटा गरी १५ सांसद छन् ।
यस अर्थमा ११ जना स्वत विधेयकको पक्षमा उभिने देखिएको छ ।