काँग्रेस नेताहरुतर्फ लक्षित गर्दै योगेशले भने - एउटै काम रावमरणले गर्दा ठीक, विद्या भण्डारीले गर्दा कसरी बेठीक ? — OSNepal

काँग्रेस नेताहरुतर्फ लक्षित गर्दै योगेशले भने – एउटै काम रावमरणले गर्दा ठीक, विद्या भण्डारीले गर्दा कसरी बेठीक ?

LC (KTM) August 28, 2022 0

काठमाडौं १२ भदौ । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउमा लागि परेका छन् ।

राष्ट्रपतिले नेपाली सेनाका अधिकारीसहित विभिन्न पक्षसँग नागरिकता विधेयकबारे गरिरहेको परामर्शलाई लिएर आलोचना भइरहँदा भट्टराई राष्ट्रपतिको बचाउमा उत्रिएका हुन् ।

पूर्वराष्ट्रपति रावमरण यादवले गर्ने यस्तै कामको समर्थन गर्नेहरुले वर्तमान राष्ट्रपतिको आलोचना गर्नु गलत भएको दावी गरेका उनले काँग्रेस नेताहरुतर्फ लक्षित गर्दै दोहोरो चरित्र बन्द गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले भनेका छन् , ‘राष्ट्रपती रामबरण यादबले आयोजना गर्नु भएका दर्जनौ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका बरिस्ठ ब्यक्तिहरु त्यहि काम वर्तमान राष्ट्रपती बिद्यादेबी भण्डारीले गर्दा राष्ट्रपतीको अनाबश्यक सक्रियता भनि टिप्पणी गर्छन ।दोहोरो चरित्र १ राष्ट्रपतीको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर