काठमाडौं १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
पार्टी कार्यालय ललितपुर च्यासलस्थित बसेको निर्वाचन परिचालन कमिटीको बैठकले ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको हो । उक्त किमिटमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ ।
बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोटका साथ लाग्न निर्देशन दिएका छन् ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू रहेका छन् ।