काठमाडौं १२ भदौ । त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको छ । त्रिविका उपकुलति डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघको कार्यकर्ताले हस्तक्षेप गरेको हो ।
त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने योगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोध गरेपछि नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्यो । दुई पक्षबिच झडप हुँदा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।
नेविसंघ र अनेरास्ववियुबीच विवाद हुँदा तनावको स्थिति र्सिजना भएकोअ हो । प्रहरी वृत्त, कीर्तिपुरले दिएको जानकारी अनुसार अहिले दुवै पक्ष बिच छलफल भइरहेको छ ।