काठमाडौं १२ भदौ । नेकपा एकीकृत समाजवादीले काठमाडौंको निर्वाचन क्षेत्र ४ मा दावी गरेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाले क्षेत्र ४ बाट तिन पटक चुनाव जितिसकेका छन् ।
अहिले मंसिरमा हुने निर्वाचनमा पनि थापा सोही क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । समाजवादीको निर्वाचन क्षेत्र नम्बर–४ समन्वय समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ जनाको नाम सिफारिस गरिसकेको छ ।
एक्त समितिले जिल्ला कमिटीका कार्यबाहक सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा ठाकुर खकुरेलको नाम सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्रीय समिति संयोजक ध्रुवराज न्यौपानेले बताए अनुसार काठमाडौंको क्षेत्र ४ मा नेकपा एसको दावी रहेको छ ।