मकवानपुरमा १२० जना कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

मकवानपुरमा १२० जना कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) June 23, 2021 0

वाग्मती , ९ असार – मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृ त्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ । हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौँडाको तुलनामा कम रहेको छ ।

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा- तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी सोही बमोजिमको कार्य अगाडि बढाइनेछ ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट गाउँपालिका पनि अछुतो छैन । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न हाल सञ्चालनमा रहिरहेको दश श्ययाको कोभिड अस्थायी अस्पताललाई स्तरोन्नति गरी २० श्ययाका रुपमा विकास गरिने रानाले बताउनुभयो ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप घिरिङमा दश श्ययाको अस्पताल आगामी आर्थिक वर्षबाट नै स्थापना गरी सञ्चालन गर्ने नीति लिइएको छ । साथै दश श्ययाको आधारभूत अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन र डिपिआर समेतका लागि बजेट विनियोजन गरिने रानाले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर