मेयर साहप्रति कांग्रेस नेताको आक्रोश -मेयरले सबै भत्काउँदै हिँड्ने हो भने गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ — OSNepal

मेयर साहप्रति कांग्रेस नेताको आक्रोश -मेयरले सबै भत्काउँदै हिँड्ने हो भने गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैली प्रति आपत्ती जनाएका छन् । केहि दिन देखि मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचना डोजर लगाएर भत्काउने काम गरिरहँदा यता कांग्रेस नेता विश्वकर्मा आकोशित बनेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले भौतिक संरचना हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त कार्यक्रममा उनले भने, ‘हामी आज बजारमा के–के देख्दै छौं त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ?’

अराजक गतिविधिलाई बढावा दिइरहेको बताउँदै उनले त्यसलाई विधि अनुसार चलाउनु पर्ने बताए । गल्ती गर्नेलाई पत्र काट्ने ,विधि अनुसार चलाउने , उपस्थित गराउने, बयान लिने र जरिवाना गर्ने ति ध्यान जानुपर्ने उनको भनाइ रहेको छ ।
उनले अघि भने , ‘हाम्रो सिस्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौ रु हामीले छलफलयता केन्द्रित नगरेको हो कि ?’

अधिकार छ भन्दैमा अब गृहमन्त्रीले बन्दुक चलाउने हिड्ने हो भन्दै प्रश्न गरेका उनले मेयरले भत्काउँदै हिँड्ने हो भने गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भएको बताए । मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि आघात पु¥याउने औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर