धरान १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसले जहाँ जितेको हो, त्यहाँ पहिलो हक उसैको हुने बताएका छन् ।
धरानमा प्रदेश १ का पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूसँगको संयुक्त बैठकमा शुक्रबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । सीट बाँडफाँडको विषयमा गठबन्धन केहि दिनमै भागबण्डा टुंगिने बताए ।
गठबन्धनमा संख्या बाँडफाँटलाई मुख्य आधार बनाएर काम भैरहेको बताएका उनले भने, ‘जसले जहाँ जितेको हो त्यो ठाउँ उसकै पहिलो हक लाग्ने भनिएको छ । निर्वाचन क्षेत्रमा अहिले, कहाँ, कसको, कस्तो अवस्था छ बुझ्ने काम भैरहेको छ । केही दिनमा यो काम सकिन्छ’ ।
पार्टीभित्र जे जस्तो भएपनि आउने संघ र प्रदेशको निर्वाचनमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताई छाड्ने संकल्प गर्न जरुरी रहेको बताएका उनले अब पनि गल्ती गर्नेलाई छानबिन समितिले दिएको सुझाव अनुसार कारवाही गर्ने बताए ।