मेयर साह नेतृत्वको टोलीले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले बेसमेन्टमै पार्किङ खुल्ला गर्ने भएको छ ।
काठमाडौं १० भदौ । काठमाडौं महानगरको अनुगमन पछि त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।
मेयर बालेन साहको नेतृत्वमा गएको महानगर प्रहरी टोलीले प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन जारी सुचनामा उल्लेख गरेको छ ।