आयातमा प्रतिवन्ध गरिएको १० बस्तुको आयातमा फेरि थपियो समय दशैंको मुखैसम्मै प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुद्धारा आपत्ती
काठमाडौं १० भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा प्रतिवन्ध गरिएको १० विलासी बस्तुको आयातमा समय थप गरेको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले उक्त वस्तुमा थप समय थप्ने निणर्य गरेको हो ।
मन्त्रालयले विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजन, खलौना र तास आयातमा असार मसान्तसम्मको पूर्ण प्रतिबन्धले गरेको थियो ।
प्रतिवन्धपछि अर्थतन्त्रलाई राहात पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । कति समय थप हुन्छ भन्ने राजपत्रको सूचनाले नै गर्ने बताइएको छ ।
दशैंको मुखैसम्मै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ती जनाएका छन् ।