यि हुन भिरबाट लडेर ज्यान गुमाउने वडासदस्य सुशीला — OSNepal

यि हुन भिरबाट लडेर ज्यान गुमाउने वडासदस्य सुशीला

LC (KTM) June 23, 2021 0

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ। भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएका थिए।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्।घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिर्फर गरिएको थियो ।

समयमा उपचार पाएको भए ज्यान जोगाउन सकिने वडाध्यक्ष कालीबहादुर वलीले बताए । नको असामयिक मृत्युप्रति भेरी नगरपालिका र विभिन्न व्यक्तित्वहरुले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर