नयाँ पुस्तालाई समर्थन र सहयोग गर्ने भन्दै अब कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा — OSNepal

नयाँ पुस्तालाई समर्थन र सहयोग गर्ने भन्दै अब कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले देशले साच्चै नै परिवर्तन खोजेको भन्दै अबका कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा नेता पौडेलले अब आफु कुनै पनि निर्वाचनमा लड्ने भन्दै बताएका हुन् ।

पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा ९एमाले० लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

आफ्नो ५० वर्षको राजनीतिक अनुभवले समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई स्विकार गरेको बताएका छन् । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा आफ्नो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी पौडेलले गराएका हुन् ।

अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनकालागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा ९एमाले० लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशीतथाविदेशीशक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेलाआगामीनिर्वाचनमा कस्ता खालकाब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपालीजनताको हातमा छ । सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमाआगामीनिर्वाचनका सम्भावितउमेदवारहरुकाबारेमाचर्चा परिचर्चा पनि शुरु भइसकेको छ । त्यहीक्रममामेरो नामजोडेर पनिकेहिचर्चा हुने गरेको छ ।

राजनीति लहड, रहर र दवावमात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमाउमेदवार चयनगर्न चुकियो भने परिणाम अनपेक्षित हनसक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिकअनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेकाजनप्रतिनिधिको सट्टामा नयाँअनुहार खोजेको यथार्थलाई हामीले अनदेखावानजरअन्दाजगर्न मिल्दैमिल्दैन ।

त्यसैले आगामीनिर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवाविद्यार्थी तथापत्रकारहरु प्रतिहार्दिक कृतज्ञता व्यक्तगर्दै आगामीनिर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहँनाअनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्वहाँक्नतयार र सक्षमभएर बसेकाछन् । अबको मेरो जिम्मेवारी नेकपा ९एमाले० को उमेद्वारहरुलाई विजयी गराउने हुनेछ ।
अभिवादन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर