त्यति सजिलो छैन अब काठमाडौं भित्रन , यि कागजात अनिवार्य चाहिने — OSNepal

त्यति सजिलो छैन अब काठमाडौं भित्रन , यि कागजात अनिवार्य चाहिने

LC (KTM) June 23, 2021 0

काठमाडौं-काठमाडौं उपत्यकामा भित्रन जिल्लाको सिफारिस चाहिने भएको छ । पिएको निषेधाज्ञा अवधिमा काठमाडौं उपत्यकामा प्रवेश गर्न चाहनेले अनुमति लिएर आउनुपर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि उपत्यकामा आउँदा आफ्नो जिल्लाको अनुमति लिएर मात्र आउन आग्रह गरेको छ।

मंगलबार सूचना जारी गर्दै काठमाडौं प्रशासनले मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो।साथै, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर