काठमाडौं महानगरले भन्यो - १ अर्ब ५ करोड लागतमा निर्माण भएको राहदानी विभागको नक्सा पास भेटिएन — OSNepal

काठमाडौं महानगरले भन्यो – १ अर्ब ५ करोड लागतमा निर्माण भएको राहदानी विभागको नक्सा पास भेटिएन

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । काठमाडौं महानगरले राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको बताएको छ ।

गत वर्ष बनाएको नयाँ भवनको नक्सा पास नभएको महानगरले बताएको हो । १ अर्ब ५ करोड लागतमा निर्माण भएको उक्त भवनमा कन्सुलर सेवा विभाग रहेको छ ।

तथापी, भुमिगत पार्किङ राखेको उक्त भवनमा सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको थियो ।

महानगरका एक अधिकारीले भने आफ्नो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड नभेटिएको बताएका छन् ।

साथै, उक्त एक अधिकारीले भने , ‘उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर