काठमाडौं १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने पनि असफल बनाएर छाड्ने दावी गरेका छन् । शुक्रबारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखेका ओलीले एमालेले गरेका काम र आगामी योजनालाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए ।
साथै, बैठकमा अध्यक्ष ओलीले भयरहित वातावरणमा निर्वाचन गर्न सरकारसँग वार्ता र कुराकानी, दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।
ओलीले अस्तित्व नै मेटाउँछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे ।