काठमाडौं –
अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् । विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएपछि उनीहरु छानबिनको माग गर्दै सीआईबी पुगेका हुन् ।
सीआईबीका प्रवक्ता एसपी कमल थापाका अनुसार आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आए हुन ।
नर्वेमा फिल्म छायांकनका लागि भन्दै आर्यन र केकीको पासपोर्ट लगायत कागजपत्र भारतस्थित नर्वेजियन दूतावासमा पुगेको समाचार बाहिर आएको थियो । जुन समचारका बारेमा बाहिर आएपछि बाल्ल कलाकारको आवरणमा विदेशमा मानव तस्करी प्रकरणमा आफ्नो नाम मुछिएको केकी र आर्यनले थाहा पाएका थिए ।