काठमाडौं १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
अण्डरग्राउण्ड पार्किङलाई विभागले प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि महानगर प्रहरीले त्यहाँ भएका सबै कुर्सीहरु हटाएको हो ।
महानगरमा निमार्ण भएका अवैध संरचनामा हटाउने क्रममा मेयर बालेन साह आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका हुन् ।