सुर्खेत १० भदौ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।
माओवादीले फिर्ता बोलाएको मन्त्रीमाआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोत मन्त्री गणेशप्रसाद सिंह रहेका छन् ।
यी दुई स्थानमा माओवादीले जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ ।
दुवैको नाम मन्त्रीका लागि सिफारिस गरिएको केहि दिनमा नै नयाँ मन्त्रीलाई सरकारमा सहभागी गराउने माओवादी एक नेताले बताए ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद रहेका छन् ।