काठमाडौँ ।
‘कुमारी आमा’ निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध आज उजुरी दिने भएकी छिन्। सामाजिक संजालमा आफ्ना ब्यक्तिगत तस्बिरहरू सार्वजनिक गर्दै दुरुपयोग गरेको भन्दै निहारिकाले करिश्मामाथि आजै साइबर क्राइमको मुद्दा हाल्ने तयारी गरेकी छिन् ।
न्यायको माग गर्दै नाबालक छोरा लिएर निरन्तर लडिरहेकी ‘कुमारी आमा’ निहारिकाले करिश्मा जस्तो दिग्गज ब्यक्तिबाट यस्तो अपैषा नगरेको बताउँदै उनले आफू अनशनमा रहेको वेला सहयोगका नाममा पठाएको ३० हजार रुपैयाँसमेत करिश्मालाई आजै फिर्ता गर्न लागेको उल्लेख गरिन् । निहारि अहिले सो रकम फिर्ता गर्न करिश्माको घर जान लागेको र उतैबाट मुद्दा हाल्न जाने तयारी गरेको बताइन् ।
करिश्माले सुरुमा आँफु र आफ्नो छोरालार्य घरमा बोलाएर बस्न भनेता पनि पछि अरुको कुरा सुनेर चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर विनाअनुमति सामाजिक सञ्जालमा सार्वजनिक गरेकोकाले मुद्दाको विकल्प नरहेको उल्लेख गरिन् ।
निहारिकाले अब आफ्नो लडाइँ आफू र आफ्नो बच्चाका लागि मात्र नभई सम्पूर्ण कुमारी आमाहरूको हकका लागि हुने हुँदा भोलीका दिनमा अप्ठ्यारोमा परेका दिदी बहिनीहरुलाई आँफुले सक्ने सहयोग पनि गर्ने उल्लेख गरिन् ।