काठमाडौं १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी मंसिरमा हुने निर्वाचनको अगुवाई कांग्रेसले गर्ने भएकाले निर्वाचन निष्पक्ष हुन्छ भन्ने आममान्यता रहेको बताएका छन् ।
शुक्रबार नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेबि सिंहको २७ ओैं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत साक्षी भएको भन्दै यस्तो बताएका हुन् ।
मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका नेता सिंहले राजनीतिक दुर्घटना रोक्न हालको अस्थाई अरेजमेनट सोरुप कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएको बताए ।
सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्षनिर्वाचन सम्पन्न गराउन तर्फ लाग्नु पर्नेमा जोड दिएका उनले यस भन्दा अघिको सरकारले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको नेता सिंहले बताए ।