हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग — OSNepal

हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग

LC (KTM) June 23, 2021 0

हेटौँडा- प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले अक्सिजन र अक्सिजन जेनेरेटर सहयोग गरेको छ । अस्पताललाई राप्रपा मकवानपुरले मङ्गलबार ३५ थान अक्सिजन सिलिण्डर र एकथान अक्सिजन जेनेरेटर सहयोग गरेको हो ।
अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई मकवानपुर कोरिया मञ्चले रु दुई लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका मकवानपुरका युवाहरुको सक्रियतामा स्थापित मञ्चको आर्थिक सहयोग तथा बस्तीपुर जेसिजको समन्वयमा राक्सिराङमा रहेको कोभिड अस्पताललाई विविध प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

मञ्चले अस्पताललाई एक थान वासिङ मेसिन, पाँच थान बेड साइड राउण्ड चेयर, एक थान पेसेन्ट ट्रली, १० थान बेड साइड लकर, दुई थान राउण्ड ड्रेसिङ ट्रली, ३० थान रियुजÞेवल पिपिई, एक हजार ७५० प्रति सर्जिकल मास्क, २५ लिटर सेनिटाइजर, २५० प्रति सर्जिकल ग्लोब्स र ३० थान फेस शिल्ड उपलब्व्ध गराएको छ । सहयोग अभियानअन्तर्गत मञ्चले यसअघि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, गढी गाउँपालिका तथा कैलाश गाउँपालिकालाई पनि विविध स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

यसैबीच रोटरी क्लब अफ मकवानपुरले थाहा नगरपालिका र कैलाश गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्बलले रु चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । क्लबले थाहा नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, पाँच थान अक्सिजन सिलिण्डर, दुई हजार प्रति मास्क र २५ लिटर सेनिटाइजर उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर