काठमाडौं । बिहिबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना डोजर लगाएर भत्काउँदै हिँडेका मेयर बालेन शाहसाँझ भने छमछम नाचिरहेको अवस्थामा देखिए ।
साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरेका बालेन महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा मज्जैले नाँचे ।
सो अवसरमा उपमेयर सुनीता डंगोलसहित म ेयर शाह उक्त कायृक्रममा पुगेका थिए । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाए पनि र्याप गायक समेत रहेका मेयर शाह भने विभिन्न स्टालमा नाचिरहेका थिए ।
यसअघि बिहिबार दिनभर निकै तनावमा रहे बालेन । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाउँदा बालेन फिल्डमा नै थिए ।
डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आए । बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले शाहको तुलना गरिरहेका छन् ।
केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेका बेला काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा उनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ ।
सामाजिक सञ्जालमा उनी अहिले हटकेक बनेका छन् । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उनकै चर्चा छ ।