काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक संजाललमा ट्विट गर्दै संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
उनले अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको बताएका छन् ।
उनले लेखेका छन् ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड९१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, उनले भनेका छन्, ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ१ अदालत–दलनागरिकले आआफ्नो धर्म निभाऊॅ ।’