काठमाडौं :
अभिनेता विपिन कार्कि बिरुद्द उजुरी परेको छ । उनी विरुद्ध नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा निर्माता सुभाष थापाले उजुरी हालेका हुन् । उनले फिल्म खेल्नका लागि सहमती गराइदिन आग्रह गर्दै लिखित निवेदन दिएको बताइएको छ ।
फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन थापाको आग्रह छ ।फिल्ममा ठूलो खर्च भइसकेको र कास्कीबाट फर्किएपछि विपिन कार्की सम्पर्कमा नआएपछि उनले उजुरी दिन बाध्य भएको बताएका छन् ।
केहि समय अघी निर्माता र अभिनेताबीचको विवाद निस्किएपछि ‘प्रसाद २’ को छायाँकन सेटमा पुगेर रोकिएको थियो ।