काठमाडौं ।
चर्चित बलिउड अभिनेता रणवीर सिहसँग नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीरसँगको एक सेल्फी पोस्ट गर्दै उनले चाँडै रणवीरसँग फिल्म खेल्न लागेको जानकारी दिएकी छन् ।
मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताए पनि रणवीर सिहसँग फिल्ममा अभिनय गर्न पाँउदा खुशी लागेको बताएकी छन् । नेपाली फिल्म जालोबाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मुम्बईमा रहेर मोडलिङ र अभिनयमा संघर्ष गरिरहेकी छन् ।
एमटीभीको सुपरमोडल सिजन २ मा पनि प्रतिस्पर्धी समेत रहे रहेकी उनी सन् २०१९ मा क्लासिक डायमन्ड र मिस इको इन्टरन्यासनलको उपाधि जितेकी मुना त्यसपछि मुम्बई पुगेकी थिइन् । हालैको एक अन्तर्वार्तामा उनले बलिउड सपना पूरा गर्ने आफ्नो धोको रहेको बताएकी थिइन् ।