काठमाडौं ९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी र एसपीपीमा पार्टीले स्थिर अडान लिन नसक्दा घाटा व्यहोरेको बताएका छन् ।
पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले आफ्नो पार्टीले स्थिर अडान नलिएकाले आकर्षित जनताको पंती पार्टीमा नसकेको बताएका हुन् ।
‘ओली सरकारले अमेरिकासँग अगाडि बढाउँदै लगेको भित्रभित्रै हाम्रो देशमाथि थोपर्न लागेको असमान सम्झौता एमसीसी, एसपीपी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन ‘ कार्यक्रममा खनालले भने ।
हप्ता अघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा पार्टी वरिपरि लहरका रुपमा आकर्षित भइरहेका जनताको पंती पार्टीमा आउनबाट वञ्चित हुनुपरेको बताए ।