काठमाडौं । कुनै समय थियो साहु कामदारमाथि हावि हुने ।
तर समयको परिवर्तनसँगै हिजोआज कर्मचारीहरु माथि न मालिक हावि हुन मिल्छ न मालिकमाथि कर्मचारी ।
तर मलेसियाको सेरेम्बनस्थित एक निर्माण कम्पनी इनमैक्स इण्डस्ट्रिजका मालिक कामदारमाथी एक्कासी हावी भएपछि अहिले उक्त कम्पनीका मालिकहरु निकै तनावमा छन् ।
मलेसियामा कम्पनी संचालन गरिरहेका ति मालिक भने ताइवानका हुन् । जसको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ ।
भिडियोमा ति मालिकले एक कामदारलाई निरन्तर लौराले कुटीरहेको देख्न सकिन्छ । भिडियोमा मालिकले ति कामदारलाई लौरो लिएर लखेटेको पनि देखिन्छ ।
अहिलेसम्म उक्त कम्पनीका कर्मचारीहरु चुप लागेर बसेको भएता पनि अब भने चुप नलाग्ने भन्दै उजुरी दिए लगत्तै अधिकारीहरुले उक्त भिडियोको आधारमा अध्ययन अनुसनधान सुरु गरिसकेका छन् ।
कम्पनीका अन्य कामदारहरुका अनुसार ति मालिकले बेला बेलामा यस्तो हर्कत देखाउँदै आइरहेका थिए ।
तर प्रहरीले अनुसनधान सुरु गरे लगत्तै अहिले भने उनी शान्त देखिएका छन् । उनले पहिले पनि काम नगर्ने आफ्ना कर्मचारीहरुविरुद्ध यस्तो कारवाही चलाउँदै आएको अन्य कामदारहरु बताउँछन् ।