अबको ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना — OSNepal

अबको ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना

LC (KTM) June 23, 2021 0

काठमाडौं-अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम प्र्वानुमान महाशाखाका अनुसार आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् ।

दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर