काठमाडौं ९ भदौ । नेकपा एकिकृत सामाजवादी पार्टीका सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन् ।
अध्यक्ष माधव नेपालको उक्साहटमा पार्टी विभाजन गराउन सहयोग गरेकामा पछुतो र आत्मग्लानी भएको भएको शाहीले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।
पार्टी विभाजनबाट कांग्रेससहित पश्चिमा पुँजिवादीहरुलाई फाइदा पुगेको निस्कर्षमा पुगेको बताएका उनले पछिल्लो ५र६ महिनायता आफू पार्टी कामबाट निस्क्रिय रहँदै आएकोले आजकै मितिदेखि कुनै दलमा आबद्ध नरहेको घोषणा गरेका हुन् ।
‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ, पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो । त्यसबापत पछुतो र आत्मग्लानी भएको छ ।’ शाहीले भनेका छन् ।
निवार्चनको मुखैमा पार्टी परित्याग गरेका शाही नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।