काठमाडौं ९ भदौ । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवन अनुगमन गर्न पुगेका छन् ।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे मेयर साहले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको भन्दै घरको नक्सा खोजे । तर पार्किङ भने सडक पेटीमा हुने उक्त अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।
त्यसपछि जंगिएका मेयर साहले तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? भन्दै प्रतिप्रश्न गरे ।
फेरि अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त रु भनेर प्रतिप्रश्न गरे लगत्तै मेयर साहले भने ,’यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गर्दा पनि अल्फाबिटाका प्रतिनिधिले आफूहरुले राज्यलाई कर तिरेको भन्दै लिखित लिए वकिलसहित आउने बताए ।
महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने मेयर साहले बताए ।