जापानको अग्लो हिमाल चढेचर्चित गायक राजु लामा, चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फर्फराउदै गाए ‘पर्खाइमा भिज्यो सिरानी’ — OSNepal

जापानको अग्लो हिमाल चढेचर्चित गायक राजु लामा, चुचुरोमा पुगेर राष्ट्रिय झण्डा फर्फराउदै गाए ‘पर्खाइमा भिज्यो सिरानी’

LC (KTM) August 25, 2022 0

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् ।गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका लामाले अहिले जापानको अग्लो हिमाल माउन्ट फुजी आरेहण गरेका हुन् ।

जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६।२४ मिटर उचाइको माउन्ट फुजी चढेका उनले त्यहा पुगेर आफ्नो चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका थिए । सात घण्टा मा चुचुरोमा पुगेका उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए ।

‘चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो । माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें,’ उनले भने । राजधानी टोकियोमा भव्य कन्सर्ट गरेर फुजी आरोहण चढेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर