काठमाडौं ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भद्रकालीस्थित सैनिक मुख्यालय (जंगी अड्डा) पुगेका छन् ।
बालुवाटारमा बसेको सत्ता गठवन्धनको पछि प्रधानमन्त्री देउवा जंगी अड्डा पुगेका हुन् । यही मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयमा विफ्रिङ गर्न देउवा जंगी अड्डा पुगेका हुन् ।
जंगी अड्डामा निवार्चन सुरक्षासम्बन्धी विफ्रिङ दुई दिन रहने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति र पूर्व जर्नेलसँग भेट गरेकी थिइन् ।