काठमाडौं ९ भदौ । धरानका मेयर हर्क साम्पाङ फेरि एक पटक काठमाडौंका मेयर बालेन साहप्रति चिडिएका छन् । यति बेला मेयर साह भने महानगरमा बनेका अनाधिकृत संरचना हटाउने अभियानमा लागि परेका छन् ।
मेयर साहले सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू थालेका छन् । तर धरानका मेयर साम्पाङ ले भने सामाजिक सञ्जाल मार्फत । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने भन्दै बालेनको यो एक्सनप्रति असहमत जनाएका छन् ।
सबैको बाँच्ने अधिकार हुन्छ, गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनी समेत उनले दिएका छन् । यो संसार तिनै गरिबहरुको श्रमले चलेको बताएका साम्पाङले भनेका छन् , ‘संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा’ ।
साथै उनले सामाजिक सञ्जाल मार्फत नै आफ्नो कामको विरोध गर्नेहरुलाई आफुलाई ब्लक गरिहाल्नु । रिसाउँदै हेरिरहनुको कुनै तुक छैन भनेका छन् ।