काठमाडौं ९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वको टोली शंखमुल र बानेश्वर पुगेको छ ।
अनधिकृत संरचना हटाउने अभियान सुरु गरेको महानगर टोली आज बिहानैबाट खटिएको हो । मेयर साहसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा गर्न पुगेका छन् ।
उक्त घर धनि र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गर्ने मेयरलाई बताएका छन् ।
साथै, आज मेयर साहमको टोली बानेश्वरको अल्फाबिटाको पनि अनुगमन गर्दैछ ।