यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

LC (KTM) August 25, 2022 0

काठमाडौं, ९ भदौ :

बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०।९३ पैसाले महङ्गिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलरको खरिदमा ९८ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा, सिङ्गापरे डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१५ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३३९ रुपैयाँ ५४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर