काठमाडौं ९ भदौ । एकीकृत समाजवादीले आगामी निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।एकीकृत समाजवादीको काठमाडौं क्षेत्रनम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको हो ।
यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुने बैठकमा सहभागी भएका अध्यक्ष रामकृष्ण सेढाईंले बताए ।
साथै, बैठकले संघमा समानुपातिकतर्फ अष्टनारायण डंगोल,प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ (क) मा प्रत्यक्षतर्फ हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा र समानुपातिकमा सानुमैया सुवेदीको नाम सिफारिस गरेको छ ।
त्यस्तै, क्षेत्र नम्बर ५ (ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएको छ । समानुपातिकमा भने देवराज डंगोलको नाम सिफारिस भएको छ ।
यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ ।