प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न आफ्नै पद धरापमा पार्दै नेपाल समुह, रावलले भने ओलीलाई यस्तो सम्म — OSNepal

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न आफ्नै पद धरापमा पार्दै नेपाल समुह, रावलले भने ओलीलाई यस्तो सम्म

LC (KTM) May 12, 2021 0

काठमाडौँ २९  । बैशाख नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री ओलीलाई राजीनामा दिने भन्दै आएको धम्की अब पुरा हुने भएको छ । नेता भीम रावलले आज ट्वीटर मार्फत असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न आफुहरुले राजीनामा दिने संकेत गरेका हुन् ।

राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्ने ओलीको पदमुक्त गर्न पनि राजीनामा दिने भन्दै २८ सांसदले नै भोली बिहान राजीनामा दिने भएको बुझिएको छ । नेपाल समुहले अगामी चुनावको नेतृत्व गर्ने सहमतीसँगै भोली राजीनामा दिने तयारीमा नेपाल समुह पुगेको हो ।

नेता रावलले टुवीटरमा भनेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर