काठमाडौं ८ भदौ । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले आफुहरुले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेको नभई सुरुमा ३५ दिने सूचना जारी गरेको जानकारी गराएका छन् ।
३५ दिने सूचना जारी गर्दा पनि सो अबधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव आफुहरुसँग भएको बताएका उनले अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिबिधि सँधै रहने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत मेयर साहले भनेका छन्, ‘अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिबिधि सँधै रहनेछन् । यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।’
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति आफुहरु दुखी भएको बताएका साहले अघि भनेका छन् , ‘त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ ।’
हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ । तर सो अबधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।
अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिबिधि सँधै रहनेछन् । यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।
अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ ।