काठमाडौं ८ भदौ । धरानका मेयर हर्क साम्पाङले श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तिर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् ।
काठमाडौ महानगरका मेयर बालेन्द्र साहविरुद्ध आलोचना गर्दै चर्चामा आएका साम्पाङले फेरी श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तिर्ण नहुने नियम लागू गर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेपछि चर्चामा आएका छन् ।
धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ भन्दै उनले भनेका छन् , ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन ।
विद्यार्थीको सहभागीता प्रतिकात्मक हुन्छ’ ।
चौतर्फी यसको आलोचना भएपछि उनले फेरि लेखेका छन्, कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्छ, त्यो श्रम सरसफाइ, वृक्षारोप णलगायत जे पनि हुन सक्छ ।
तथापी, कानुनले भने बालश्रमलाई निषेध गरेको छ ।