राष्ट्रपति भण्डारीले बोलाइन् आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा — OSNepal

राष्ट्रपति भण्डारीले बोलाइन् आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा

LC (KTM) August 24, 2022 0

काठमाडौं ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेट गरेकी छन् ।

भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी भएका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएको बुझिएको छ । भेटका विषयमा अन्य जानकारी भने बाहिर आएको छैन ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर