अध्यक्ष ओली र पश्चिमा देशका राजदूतहरूबिच सामुहिक भेटवार्ता — OSNepal

अध्यक्ष ओली र पश्चिमा देशका राजदूतहरूबिच सामुहिक भेटवार्ता

LC (KTM) August 24, 2022 0

काठमाडौं ८ भदौ । पश्चिमा देशका राजदूतहरू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

वुधबार नेपालका लागि अमेरिका, बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले एमाले पार्टी कार्यालय च्यासलमा ओलीसँग सामुहिक भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई लिएर पश्चिमा देशका राजदूतहरूले ओलीलाई क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल एमालेको भूमिकाका कस्तो रहेको छ भनी प्रश्न गरेका थिए ।

ओलीसहित एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा. अञ्जान शाक्य सहभागी भएका थिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रिय स्तर र मान्यतामा ध्यान पुर्याउनुपर्छ भन्ने उनीहरुको जिज्ञासामा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

‘जिल्ला–जिल्लामा गई पीडितहरूको आवाज सुनेर र प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्नेमा दुःखको विषय सत्ता गठबन्धन आजको आजै, अ‍ैले नै हुनुपर्छ जस्तो ढङ्गले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन’ ओलीले भने ।

यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर